काठमाडौँ। अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले गरेको तालाबन्दी २५ दिनपछि खुलेको छ। प्रहरीको सहयोगमा त्रिविले आज (सोमबार) ताल खोलेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक दीपक अर्यालले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला खोलेको जानकारी दिए। उनले भने‚ “ताला खोल्न बिहान ८ बजेसम्म अल्टिमेटम दिएका थियौँ। उहाँहरूले नखोलेपछि हामी आफैँले ताला खोलेका छौँ।” क्रान्तिकारीले मानविकी तथा […]