निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए । […]