काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । रास्वपा पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएसँगै उनले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । रास्वपा पदाधिकारीहरूको निर्वाचन आजै राति हुँदैछ ।