घर भत्किए, सम्झौता भत्कियो, अपार्टमेन्ट भने ठडियो: समिट प्रकरणको तीन वर्ष

वि.सं. २०७९ चैत २५ गतेको मध्यरातमा ललितपुर महानगरपालिका वडा नं. १ बखुन्डोल हाइटमा एकाएक जमिन थर्कियो, स्थानीयका घरका भित्ताहरू तिव्र गतिमा चर्कन थाले । घरभित्र सुतिरहेका बासिन्दाहरू ज्यान जोगाउन भागाभाग गर्दै सडकमा निस्किए । स्थानीय बासिन्दाका पुस्तौँदेखिका थातथलो बालुवाको महलझैँ ढल्दै गर्दा छिमेकीको उठीबास मात्र भएन, ‘विलासी विकास’को एउटा नराम्रो चित्र सार्वजनिक भयो । यो […]