इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]