शिक्षामन्त्री सस्मित पोखरेल:  सडकमा हुँदा डा केसीको समर्थनमा नारा, सत्तामा पुगेपछि 'पुरानै'को पारा !

वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल समेत लामो समय डा केसीको उक्त अभियानमा साथै दिँदै सडक संघर्षका गरेका व्यक्ति हुन्। चुनावताका सस्मितमाथि 'नेपो-बेबी'को आरोप लागेपछि उनका 'राजनीतिक सल्लाहकार' सरोज गौतमले बचाउमा 'डा केसीको आन्दोलन' उल्लेख गरेका थिए। डा केसीले गरेको सडक संघर्षका क्रममा खिचिएका तस्विर राखेका थिए।