लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप हुँदा ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा शनिबार आयोजित सिट–इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले व्यापक गिरफ्तारी अभियान चलाएको हो । मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार मध्यरातसम्म १८ देखि ८७ वर्ष उमेर समूहका कुल ५२३ जनालाई […]