काठमाडौँ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति न्यूनीकरणका लागि अनुगमन, निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ। प्राधिकरणका अनुसार नदीको जलसतह, वर्षाको मात्रा र सम्भावित जोखिमको […]