१० दिनमै कृष्णभीरमा नयाँ ट्रयाक, असोज १ देखि पृथ्वीराजमार्गमा पूर्ण रूपमा यातायात खुल्ने

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारी सञ्चालन भइरहेको उक्त सडक असोज १ गते बिहानदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा ल्याइने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते संघीय संसद्मा सम्बोधन गर्दै बाढीबाट क्षतिग्रस्त कृष्णभीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने […]