बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःस्थापना तीव्र, १२० मध्ये ८० टावर सञ्चालनमा

नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा मोबाइल सेवा पुनः सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार तीन जिल्लामा बाढीबाट प्रभावित १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा सञ्चालनमा आइसकेको छ। नेपाल टेलिकमले भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ स्थित सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै, […]