काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन् । ऊर्जाको मूल्यवृद्धिबारे सोधिएका प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताएका हुन्। यसैबिच मध्यपूर्वको अति संवेदनशील मानिने होर्मुज लाई पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिका, इरान र ओमान एउटा अस्थायी सहमतिको नजिक पुगेका छन्। […]