काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध भएका छन्। तथ्याङ्क अनुसार ललितपुरको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ३ को भट्टेडाँडा, पाङदुर र टाकुर्चमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै खोटाङको हलेसीतुवाचुङ नपा-१ कदुवा (मध्य पहाडी सडक), […]