सुमो दुर्घटनामा ६ जनाको मृत्यु

मकवानपुर। हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका ६‚ जुरीखेतस्थित सडकमा आज साँझ भएको गाडी (सुमो) दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको यात्रुवाहक सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) पुष्कर बोगटीले जानकारी […]