नेपालकै पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई पुनः ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्ध गरेको छ। विगत दुई वर्षदेखि ब्राण्ड प्रवद्र्धकका रूपमा आबद्ध पौडेलसँगको सम्झौताको अवधि यस वर्ष फेरि थपिएको हो। सम्झौतापत्रमा हस्ताक्षर ललितपुर, पुल्चोकस्थित इसेवाको प्रधान कार्यालयमा भएको हो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]