यात्रु र चालकको सहमतिमा भाडा तय गर्ने इनड्राइभको नयाँ अभियान

राइड सेवा तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ अभियान सार्वजनिक गरेको छ। यात्रु र चालकबीचको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा तय गर्ने आफ्नो प्रणालीबारे जानकारी दिन अभियान ल्याइएको कम्पनीले जनाएको छ। इनड्राइभ एपमा यात्रुले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिकका चालकले उक्त रकम […]