इलिनोय राज्यमा नेशनल गार्ड तैनाथ गर्ने ट्रम्प प्रशासनको अनुरोध अपिल अदालतद्वारा अस्वीकार

अमेरिकाको एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अनुरोध अस्वीकार गर्दै इलिनोय राज्यमा नेशनल गार्ड पठाउने सरकारको योजना अस्थायी रूपमा रोक्ने तल्लो अदालतको आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ। यो आदेश अमेरिकी जिल्ला न्यायाधीश एप्रिल पेरीले अक्टोबर ९ मा शिकागोमा जारी गरेकी थिइन्। उक्त आदेशले नेशनल गार्डको तैनाथी तत्कालका लागि रोकेको थियो। शिकागोस्थित ७औं […]