मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा ९१ को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।’ प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा […]