डाइभर्सिटी भिसा सुचारुबारे रिपोर्ट बुझाउन विदेश मन्त्रालयलाई न्यायाधीशको आदेश

क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले डाइभर्सिटी भिसाका आवेदनको प्रक्रिया पुनः सुरु गर्न अमेरिकी विदेश मन्त्रालयले गरिरहेका प्रयासबारे सातामा तीनपटक प्रगति विवरण बुझाउन आदेश दिएका छन्। अदालतले कार्यक्रमलाई प्रभावित पार्ने दुई नीतिमा रोक लगाएपछि एक साताभन्दा बढी समयसम्म अन्तर्वार्ता तय नगरेको र भिसा जारी नगरेको भन्दै न्यायाधीशले मन्त्रालयको कामकारबाहीमाथि प्रश्न उठाएका छन्। अमेरिकी न्यायाधीश एडवर्ड जे. डाभिलाले […]