रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। चितवनको भरतपुरस्थित महाधिवेशनस्थलमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछानेलाई सभापति पदको सपथ गराएका हुन्। सपथसँगै लामिछानेले रास्वपाको नयाँ नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।