कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जनाइएको छ ।