काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध जारी भएको भनिएको पक्राउ पुर्जीबारे प्रतिक्रिया दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी सञ्चारमाध्यमबाट पाएको उल्लेख गरेका छन्। साथै, आफ्नो परिवारमाथि सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार गरिएको दाबी गरेका छन्। […]