सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा अनिवार्य बनाइने

सरकारले आगामी साउन महिनादेखि सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउने तयारी गरेको छ। आइतबार पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटा ले स्वास्थ्य बीमा कार्यक्रम सुधार सरकारको प्राथमिकतामा रहेको भन्दै राष्ट्रसेवक कर्मचारीलाई बीमा कार्यक्रममा कसरी अनिवार्य रूपमा सहभागी गराउने भन्ने विषयमा मन्त्रालय केन्द्रित रहेको बताए। उनका अनुसार स्वास्थ्य बीमाको दिगोपन […]