प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ । काठमाडौंको मूलपानिस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।  २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो । […]