काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजालमाथि गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राज भण्डारी र दीपक खनालको संयुक्त इजलासले निवेदक डा. रिजालले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । निवेदनमा जिल्ला अदालतबाट भएको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयावधि बाँकी रहँदै […]