काठमाडाैं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहरका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन चढ्न नसकी अड्किएका हुन् ।केही दिनयता निरन्तर शीतलहरका कारण उक्त सडकखण्डमा सवारी जाम बढ्दै गएको छ । जामका कारण यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका छन् । जिल्ला […]