काठमाडाैं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताउनुभएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफू मन्त्रीपरिषदमा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताउनुभयो । उहाँले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताउनुभएकाे […]