निर्वाचनमा ३२ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको उहाँले बताउनुभएको हो । उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएता पनि निर्वाचन सम्पन्न गराउने बताउनुभयो । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर […]