रुकुम (पूर्व) : पहिलो पटक जिल्लाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिनअघि मलेसियाबाट आएका सिस्ने गाउँपालिका–३ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो।पुरुषमा ज्वरोको लक्षण देखिएपछि यही २० गते छिमेकी जिल्ला रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा कोरोना परीक्षण गर्न गएका थिए। एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको रुकुम पश्चिम जिल्ला अस्पतालका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।कोरोना पोजिटिभ देखिएपछि जिल्ला अस्पताल सल्लेमा उपचारत पुरुषको शुक्रबार बिह