बाघ र चितुवा आक्रमण : दुई महिनामै ३६ घटना, ११ को मृत्यु

काठमाडौं : वैशाखदेखि हालसम्म मुलुकभर जनावर आक्रमणका ३६ घटना भएका छन्। ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार एकजना अझै बेपत्ता रहेका छन्। गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघको आक्रमणबाट मृत्यु भयो। बाघले बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायरसम