सर्वोच्च फैसलाको पूर्णपाठ : निजी कम्पनी नयाँ स्टक एक्सचेञ्जको लगानीकर्ता बन्न सक्छ

६ मंसिर काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बजार सञ्चालनको अनुमति संगठित संस्थाले मात्रै पाउन सक्ने तर, लगानीकर्ता भने निजी कम्पनी पनि हुनसक्ने फैसला गरेको छ । २१ भदौ २०७९ मा भएको धितोपत्र बजार सञ्चालन नियमावलीको संशोधन र त्यसै अनुसार धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन लागेपछि अधिवक्ता दीपकबिक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दायर गरेका […]

सम्बन्धित सामग्री

नेप्सेलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाही गर्ने तयारी गरेको छ । कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को विषयलाई लिएर नेप्सेलाई कारबाही गर्ने तयारी गरेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।  बोर्ड सञ्चालक समितिको बैठकले नेप्सेलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष हमालले नेप्सेसँग यस विषयमा स्पष्टीकरण माग गरेको बताए । नेप्सेलाई स्पष्टीकरणका लागि १५ दिन दिइने र स्पष्टीकरण चित्तबुझ्दो नभए ऐनमा भएको व्यवस्थाअनुसार कारबाही गरिने अध्यक्ष हमालको भनाइ छ । धितोपत्र कारोबारसम्बन्धी संवेदनशील विषयमा गलत कार्य गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने हमाल बताउँछन् । बोर्ड र नेप्से दुवै सरकारी निकाय भए पनि पहिलोपटक एउटा सरकारी निकायले अर्कोलाई कारबाही गर्ने तयारी गरेको हमालले स्पष्ट पारे । पहिलोपटक एउटा सरकारी निकायले अर्कोलाई कारबाही गर्ने तयारी गरेको छ । धितोपत्र बजारको संवेदनशील तथ्यांक कम्पनी विशेषको पहुँचमा रहेको दाबी बोर्डको छ । हाल धितोपत्रको दोस्रो बजारको कारोबार व्यवस्थापनका लागि वाइको कम्पनीले निर्माण गरेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा छ । निजी कम्पनी वाइकोको पहुँचमा धितोपत्रको दोस्रो बजारका लगानीकर्ताका सम्पूर्ण विवरण पुगेकोमा बोर्डले नेप्सेलाई कारबाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको बुझिएको छ ।  नेप्सेले असोज ७ गते नै बोर्डबाट पत्र आए पनि प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की एक कार्यक्रममा सहभागी हुन देशबाहिर गएकाले पत्र नखोलिएको बताएको छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले प्रमुख कार्यकारी अधिकृत कार्यालयमा उपस्थित भएपछि मात्र पत्र खोलिने र आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए । बोर्डले पछिल्लो समय कारबाहीको प्रक्रियालाई निरन्तर अघि बढाइरहेको छ । केही दिनअघि मात्र बोर्डले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई नगद जरीवानासहित कारबाही गरेको थियो । केयर रेटिङ नेपालले कानूनविपरीत रेटिङ गरेको ठहर गर्दै बोर्डले ५० हजार रुपैयाँ नगद जरीवाना गराएको हो । रेटिङ कम्पनीलाई बोर्डले कारबाही गरेको यो पहिलो घटना थियो । यसबाहेक विभिन्न ब्रोकर कम्पनी, संस्थागत लगानीकर्ता र मर्चेन्ट बैंकरलाई समेत बोर्डले कारबाही गरिसकेको छ ।