धनगढी : नेपाल प्रहरीले बैतडी घटनाको अनुसन्धान अन्तिममा पुगेको र अभियुक्त सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ। जिल्लाको पाटनमा गत शनिबार मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको बताउँदै अभियुक्त सार्वजनिकको तयारी गरिएको हो।सुर्नया गाउँपालिकाको ग्वानी स्थायी घर भएका बिष्ट पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए।उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।सुदूरपश्चिम