हरेक निर्वाचनमा कुनौली नाकामा मितेरी पुल निर्माण गर्ने एजेन्डा सबैजसो दलका उम्मेदवारले उठाउँछन् । तिलाठी–१ स्थित राजविराज भन्सार कार्यालयअगाडिबाट दशगजा हुँदै भारतको कुनौली बजार पुग्न खाँडो र जिता नदी पार गर्नुपर्छ । तर, हरेक पटक निर्वाचनमा उम्मेदवारहरूले पक्की पुल बनाउने आश्वासन दिने गरे पनि काम नहुँदा स्थानीयले आउजाउमा सास्ती व्यहोरिरहेका छन् ।