उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, र सरकारका मुख्यसचिवलाई भेटेर अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।अभियानले बुझाएको ज्ञापन पत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरु हुने गरेको उल्लेख