चीनका पुरुषलाई दुलहीको अभाव, संसारभरि खोज्दैछन् कन्या

संसारको सबभन्दा धेरै जनसंख्या भएको देश चीनका पुरुषलाई दुलहीको अभाव हुन थालेको छ ।  हालै आएको जनगणना परिणाममा चीनमा लगभग तीन करोड अविवाहित मानिस रहेको पाइएको छ ।  चीनमा एक सन्तान नीति ल्याइँदा गर्भपात गराएर भए पनि छोरै पाउने चाहना राख्ने मानिस धेरै भएकाले अहिले विवाहयोग्य महिलाको कमी भएको बताइएको छ ।  साउथ चाइना मर्निङ पोस्टमा छापिएको खबरअनुसार, ताजा जनगणनामा महिलाको संख्या अलिकतिले बढेको भए पनि लैंगिक असमानताको समस्या चाँडो टुंगिने देखिएको छैन ।  लैंगिक अनुपातको कुरा गर्दा...