शून्य समयमा सांसदको गुनासो : नियमित आउने र नआउनेबीचको मूल्याङ्कन भएन

प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसद्को बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन् । उनले अब बन्ने संसद्मा सांसदहरूको बायोमेट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गरे । सांसद प्रधानले संसद् बैठकमा गणकपुरक संख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए । उनले सांसदहरूको बायोमेट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी