बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले