बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं– कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ । २ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको […]