काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारत विजयी भएको छ । दी ओभलमा गए राति भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले हराएको हो ।
इङ्ग्ल्यान्डले दिएको एक सय ११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवन ३१ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै एक सय १० रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले ३० र&...