बार्सिलोना र युभेन्ट्स बराबरीमा रोकिए

काठमाडौँ -प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् । बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे । युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।