काठमाडौं : भुटनिज क्लबलाई हराउँदै २२ औं संस्करणको आरा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ।पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा भुटनिज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो। खेलको पहिलो हाफ २–२ को बराबरी भए पनि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले खेलमा बाजी मार्यो।खेलको सातौं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाउँदा खेलको ३४ औँ मिनेटमा मेसुके ओलेमाओको गोलमा संकटाले अग्रता दोब्बर बनायो ।संकटाको अग्रता