काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरण र काठमाण्डौको शंखरापुर नगरपालिका–३ बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर–२ की सांसद सोबिता गौतम, नगरपालिकाका मेयर रमेश नापित, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षको उपस्थितिमा आन्दोलनरत पक्षसँगको वार्तामा सहमति भएसँगै विगत केही दिनदेखि भइरहेको आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।
सबस्टेसन निर्माणस्थलमा स्थानीयबाट भइरहेको अवरोध तत्काल स्थगित गर्ने र स्थानीय प्रशासनबाट श...