खाद्यवस्तुको विषादी परीक्षण सीमा निर्धारणबारे थप अध्ययन गर्ने सरकारको निर्णय

२५ फागुन, काठमाडौं । खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषयमा थप छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ भदौको मन्त्रिपरिषद्‍मा पेश […]