सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम पनि व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको आरोप लगाएका छन् । उनले यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्न चाहेको पनि बताए । ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरुले अघि ल्याउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे