पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मंगलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी […]