प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । ओलीले देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोरीलाई मेयर बनाउन मरिहत्ते गर्दा राजनीतिमा घृणाभाव पैदा भएको जिकिर गरे । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर ग