कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार बुधबार (आज) गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज […]
३ मंसिर, जनकपुरधाम । सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो …
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्। छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’ छलफलका […]
ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार गएराति भएको आगलागीमा स्थानीय इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनको […]
दोलखा- पछिल्लो केही दिनदेखि दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा जंगली जनावर भालु आतंकसँगै आक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबारदेखि सुरक्षाकर्मी सहित नियन्त्रण टोली खटाउने भएको छ । मंगलबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिमाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतो, डिभिजन बन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, […]