काठमाडौं : गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणको लागि दिएको अनुदान रकम २६ करोड ८ लाख रुपैयाँ भूकम्पपीडितसम्म पुगेको छ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय तहबाट सम्झौता भएका १० हजार ७३४ जना भूकम्पपीडितको खातामा उक्त रकम जम्मा भएको हो।स्थानीय तहबाट भूकम्पपीडित कायम गरेका ४९ हजार ६०३ भूकम्पपीडितले अझै अस्थायी आवास अनुदान सम्झौता गरिसकेका छैनन्। स्थानीय तहबाट कायम भएका भूकम्पपीडितको संख्या जम्मा ६० हजार ३३७ जना छ।