के गर्दैछन् धरानका मेयर हर्क साम्पाङ ?

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे । जस्तोः नदीजन्य पदार्थ