ताप्लेजुङमा गाेली हानी शिक्षकको हत्या

ताप्लेजुङ - ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ । मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो । काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी निमित्त प्रमुख एवं प्रहरी  निरीक्षक मोहन पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउनु हुन्थ्यो । उहाँ विद्यालयबाट  घर आएको थाहा पाएपछि प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।