नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो ।
कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववर्त अवस्थामा सञ्चालन हुन नसकेको तथ्य पेश गर्दै महासङ्घले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपको व्याज बढाउने विषय मिल्द...